१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२१:oo

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्रान्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडेलहरूले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाजप्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिने कम्पनीले जनाएको छ ।

नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सिसीको सिंगल–सिलिन्डर, एयरकुल्ड, एसओएचसी, २–भल्भ इन्जिन समावेश रहेको छ जसले १६ पिएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोसक सस्पेन्सनजस्ता उत्कृष्ट विशेषता समावेश छन् । 

त्यसैगरी, पल्सर एन१२५ मा १२४.५८ सिसीको एयरकुल्ड, सिंगल स्पार्क, २–भल्भ इन्जिन रहेको छ । जसले १२ पिएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ । यसमा ५–स्पिड ट्रान्समिसन र काउन्टर ब्यालेन्सरजस्ता विशेषता समावेश छन् ।