
नेपाल प्रहरीका १७औँ महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका निधन भएको हो। उनी ७८ वर्षका थिए।
उनका छोरा दीपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी छ ।
जबरा ०५७ को असोजदेखि ०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए।