Skip This
वीरगन्जमा भएको झडप र तनावलाई रोक्न सर्वदलीय  बैठक 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
तिवारी यादव वीरगन्ज
२o८१ चैत ३१ आइतबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जमा भएको झडप र तनावलाई रोक्न सर्वदलीय  बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १o:५५:oo

वीरगन्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गर्ने क्रममा दुई समूहबिच भएको झडपपछिको तनावलाई रोक्न सर्वदलीय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा अहिले स्थानीय राजनीतिक दलका नेता र स्थानीय प्रशासनबिच संयुक्त सर्वदलीय बैठक बसेको हो । 

बैठकमा सहभागीका अनुसार वीरगन्जको माहोल शान्त बनाउनेबारे जिल्लाका राजनीतिक दलहरूकाे अगुवाइमा तनावलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा रणनीति बनाउने छलफल भइरहेको छ ।

शनिबार अपराह्न शोभायात्रा कार्यक्रममा दुई समूहबिच तनाव र झडपपछि वीरगन्जमा कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका– २ श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा झडपको अवस्था आएको थियो ।

हनुमानजयन्तीको शोभायात्रा नगर परिक्रमा गराउने क्रममा छपकैया चोकमा तनाव भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

छुटाउनुभयो की ?