Skip This
आजदेखि दाउन्नेको सडक दैनिक ६ घण्टा बन्द 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
२o८२ बैशाख १ सोमबार १o:२१:oo
Read Time : < 1 मिनेट
समाचार

आजदेखि दाउन्नेको सडक दैनिक ६ घण्टा बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार १o:२१:oo

सडक विस्तारका लागि आजदेखि पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ। 

आजदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय, नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले बताए। 

यसअघि, चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर काम गरिने भनिए पनि पानीका कारण २ दिनभन्दा बढी काम हुन सकेन। 

दाउन्नेको १४ किलोमिटर खण्डमा पूर्वीतर्फ मात्रै ७/८ स्थानमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। उनका अनुसार आज पनि पानीका कारण दाउन्नेमा लामो जाम लागेको छ। 

प्रहरीले सूचना जारी गरी दाउन्नेमा बाटो चिप्लो भएका कारण यातायात सञ्चालनमा समस्या रहेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।