Skip This
आइपिएल–२०२५ : बेंगलुरुको सानदार जित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
२o८२ बैशाख १ सोमबार o९:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : बेंगलुरुको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o९:२४:oo

फिल साल्ट र विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार जित निकालेको छ । आइतबार आरसिबीले राजस्थान रोयल्सविरुद्ध नौ विकेटको जित निकल्यो । खेलमा साल्ट र कोहली दुवैले अर्धशतक बनाए । राजस्थानका ओपनर यशस्वी जैसवाल पनि अर्धशतक बनाउन सफल भएका थिए ।

जयरपुरस्थित सवाई मानसिंह रंशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रनको लक्ष्य प्रस्तुत गर्‍यो । प्रत्युत्तरमा आरसिबीले १७.३ ओभरमा एक विकेट गुमाउँदै चौथो जित निकाल्यो । जितसँगै ६ खेलमा ८ अंक जोडेको आरसिबी तेस्रो स्थानमा उक्लिएको छ । आरसिबीले पहिलो खेलमा कोलकाता, दोस्रो खेलमा चेन्नई सुपर किंग्स, चौथो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । पराजित राजस्थान समान खेलबाट ४ अंकका साथ सातौँ स्थानमा छ । 

कोहलीको दुई  ठुला साझेदारी 
पहिलो विकेटका लागि कोहली र साल्टबिच ५२ बलमा ९२ रनको साझेदारी भएको थियो । दोस्रो विकेटका लागि कोहली र देवदत्त पडिकलबिच अविजित ८३ रनको साझेदारी भएपछि आरसिबी सहज जित निकाल्न सफल भयो । साल्टले ३३ बलमा ६ छक्का र पाँच चौकासहित सर्वाधिक ६५ रनको योगदान गरे । कोहलीले ४५ बलमा चार चौका र दुई छक्कासहित अविजित ६३ तथा देवदत्त पडिकलले अविजित ४० रन बनाए ।

यसअघि राजस्थानका लागि यशस्वी जैसवालले ४७ बलमा १० चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । ध्रुव जुरेलले अविजित ३५, रियान परागले ३० र कप्तान सन्जु सामसनले १५ रन बनाए । दोस्रो विकेटका लागि यशस्वी र रियानले ५६ रनको साझेदारी गरे । बेंगलुरुका लागि भुवनेश्वर कुमार, यश दयाल, कुर्नाल पाण्ड्या र जोस हेजलउडले समान एक विकेट लिए ।