Skip This
आइपिएलमा पञ्जावको नाटकीय जित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख २ मंगलबार २३:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलमा पञ्जावको नाटकीय जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार २३:१४:oo

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को ३१ औं खेलमा पञ्जाव किंग्सले नाटकीय जित निकालेको छ। कोलकत्ता नाइट राइडर्सविरुद्ध भएको मंगलबारको खेलमा पञ्जाव १६ रनले विजयी भएको हो। 

पहिले ब्याटीङ गरेको पञ्जाव १११ रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा कोलकत्ता ९५ रनमा अलआउट हुन पुग्यो। यो जितसँगै आइपिएलको इतिहासमै सबैभन्दा कम योगफल रक्षा भएको छ। 

जितका लागि पञ्जावका स्पीनर युज्भेन्द्र चहलले महत्वपूर्ण चार विकेट लिएका थिए । 

लक्ष्य पछ्याउने क्रममा ७.४ ओभरमा कोलकत्ताले तीन विकेट गुमाएर ६२ रन बनाइसकेको थियो । जसआधारमा उसको लागि जित सहज देखिएको थियो। तर, त्यसपछि नाटकीय रुपमा कोलकत्ताका ब्याट्सम्यानहरु आउट हुन पुगेका थिए।