Skip This
च्यासलमा एमाले सचिवालय बैठक सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
२o८२ बैशाख १ सोमबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

च्यासलमा एमाले सचिवालय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार १३:o७:oo

सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियानलगायतका विषयमा छलफल हुने बताइएको छ। एमालेले ९ गते पार्टीको ७६औँ स्थापना दिवस र ११ गते युवा महोत्सवको आयोजना गरी मनाउँदै छ।

वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी गराएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउने तयारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई निर्देशन दिएका छन्।