मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
रासस जनकपुर
२o८१ फाल्गुण २७ मंगलबार १५:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व संकलन

Read Time : < 1 मिनेट
रासस, जनकपुर
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार १५:३९:oo

जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालू आर्थिक वर्षको आठ महिनामा रु. दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष ०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए।

चालू आर्थिक वर्षमा वार्षिक रु. चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । तर, कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालू आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मंसिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी विकले बताए।

जलेश्वर  भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको बिहार राज्यको मोतीहारी र अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि  जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा चालू आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।