मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार o७:o८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकता दिन काउन्सिलको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार o७:o८:oo

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनका मुद्दालाई मिडियाले विशेष कभरेज गर्नुपर्ने बताएका छन् । पर्वते खेलकुद संघ न्युयोर्क र साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा ‘हिमाल जोगाऔँ, पृथ्वी बचाऔँ’ विषयमा अमेरिकाको न्युयोर्कमा सम्पन्न कार्यक्रममा उनले यसबारे विश्वको ध्यान खिच्न मिडियाले कभरेज बढाउनैपर्ने सुझाव दिए । ‘जलवायु परिवर्तनको असर हाम्रा हिमालमा प्रस्ट देखिन थालेका छन् । सेता, चम्किला हिमाल दिनप्रतिदिन काला पहाड हुँदै छन्,’ बस्नेतले भने, ‘यसबारे विश्वको ध्यान खिच्न मिडियाले कभरेज बढाउनैपर्छ ।’ 

साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले नेपालका हिमाल विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवद्र्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । पत्रकार बबिता बस्नेतले नेपालका हिमालहरू जलवायु परिवर्तनका कारण संकटमा परिरहेको भन्दै तिनको दीर्घकालीन संरक्षणका लागि अन्तर्राष्ट्रियस्तरबाट समेत पहल गर्नुपर्ने बताइन् ।

सहभागीहरूले नेपालमा पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।