मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल नामिबियासँग २३ रनले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १५:५४:oo

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२६ रनको लक्ष्य दिएको थियो। नेपालले पाँच विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन बनाउँदा कविता जोशीले १७ र पूजा महतोले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन्।

पहिले ब्याटिङ गरेको नामिबियाका लागि यास्मिन खानले ४४ बलमा पाँच चौकाको सहायताले ४५ रन बनाइन्। विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन जोडे।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिँदा रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक–एक  विकेट लिएका थिए।

प्रतियोगितामा यसअघि नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा हङकङसँग दुई रनले पराजित भएको थियो।