मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ११ आइतबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बालेनलाई असहयोग गरेको भन्दै शाहीले भने– जनप्रतिनिधिसँग सिङ जुधाउनुपर्ने कारण के ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १६:४o:oo

सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीले काठमाडौंसँग तुष पालेर यहाँका मेयरलाई असहयोग गरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले बालेनलाई असफल बनाउन प्रधानमन्त्रीले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको दाबी गरे।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा एक हजार आठ सय शिक्षकले चार महिनादेखि तथा दुई हजारभन्दा बढी वडाका कर्मचारीले दुई महिनादेखि तलब नपाएका शाहीले बताए।

‘समयमा तलब नपाउँदा कर्मचारीहरूको आफ्नो घरखर्चसमेत चलाउन गाह्रो भएको छ। प्रधानमन्त्रीले मेयरसँग सिउँठे (पौँठे) जोरी खेलेर प्रतिस्पर्धा गरेर अगाडि बढ्नुभएको छ। एउटा जनप्रतिनिधिसँग सिउँठेजोरी खेल्नुपर्ने, सिङ जुधाउनुपर्ने कारण के हो प्रधानमन्त्रीको ? त्यसको जवाफ यो संसद्लाई दिनुपर्छ,’ उनले भने।

देशको राजधानीलाई नै ठप्प बनाएर प्रधानमन्त्रीले बालेनलाई नभई जनप्रतिनिधि र राजधानीलाई नै धोका दिएको सांसद शाहीको आरोप छ।

‘महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आमनागरिकलाई धोका दिनु हो । देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के हो ?’ शाहीले प्रश्न गरे, ‘के प्रधानमन्त्रीले राजधानीसँग कुनै तुष पाल्नुभएको छ ? नयाँ जोस र जाँगर लिएर आएका जनप्रतिनिधिलाई असफल बनाउने, आफूले लुटिराख्ने प्रवृत्तिको घोर भर्त्सना गर्छौँ।’