मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ११ आइतबार o९:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१५ फागुनदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार o९:४o:oo

नेपाली कला, साहित्य र संस्कृतिलाई जगेर्ना एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी पोखरामा १२औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुने भएको छ । एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभल १५ देखि १८ फागुनसम्म फेवा–किनार, बाराहीघाटमा हुने आयोजक बुकवर्म फाउन्डेसन नेपालले जनाएको छ । 

बुद्ध एयरले संवर्द्धन गर्ने फेस्टिभलमा पोखरा महानगरपालिका प्रवर्द्धक, गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक रहेको छ । उपप्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् । चारदिने फेस्टिभलको उद्घाटन नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन् ।

फेस्टिभलमा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरू गरी दुई सयभन्दा बढी व्यक्तित्व उपस्थित हुने फेस्टिभल आयोजक सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत रचनात्मक कार्यक्रमहरू गरी ५० भन्दा बढी सेसन रहनेछन् ।