मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १४:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमिछानेसहितको मुद्दा न्यायाधीश राईको इजलासमा, मिसिल अध्ययनपछि बयान लिने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १४:२९:oo

सूर्यदर्शन सहकारीको रकम अपचलन र ठगीकाे आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आठ कम्पनीसहित ४४ जनाविरुद्ध अभियोगपत्र दायर गरेसँगै सोमबार अभियोगपत्रको मिसल अध्ययन सुरु भएको छ । आइतबार दर्ता भएको अभियोगपत्रको अध्ययनपछि बयान सुरु गर्ने तयारी कास्की अदालतले गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

आइतबार सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै ४४ जनालाई प्रतिवादी बनाउँदै पूरक अभियोगपत्र अदालतमा दर्ता गरेको थियो । सो मुद्दाको सुनुवाी नितिज राईको इजलासमा परेको छ ।

सूचना अधिकारीका अनुसार अभियोगपत्रको मिसिल अध्ययनपछि आजबाटै बयान सुरु हुनछ । अभियोगपत्र दर्ता भएका ४४ जनामध्ये हाल पाँचजना जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

मिसिल अध्ययनपछि उनीहरू पाँचजनाको क्रमशः बयान लिइने अधिकारीले जानकारी दिए । पाँचजनामा कसकाे कहिले बयान लिने त्यो भने इजलासले तय गर्ने उनले जानकारी दिए । उनीहरूको बयान सकेलगत्तै थुनछेक बहस हुने र  त्यसपछि मात्र कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने आदेश हुनेछ । यो सबै प्रक्रिया पूरा गर्दा आठदेखि १० दिन लाग्ने बताइएको छ ।

४४ जनामध्ये रास्वपा सभापति लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, गुल्मी जिल्ला मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईं, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल र पोखराका कृष्णबहादुर गुरुङ कास्की प्रहरी हिरासतमा छन् ।

उनीहरूमध्ये जोशी ६ असोजमा, लमिछाने २ कात्तिकमा, पछाईलाई १५ असोजमा, खनाल नाै कात्तिकमा र गुरुङलाई कतार उड्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट २१ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनीहरू प्रहरी हिरासतमा रहेका छन् । 

यसअघि १८ असोज ०८० मा १९ जनाविरुद्ध एक अर्ब ११ करोड १९ लाख बिगो माग गर्दै अभियोगपत्र दर्त भएकोमा शुक्रबार उनीहरूविरुद्ध पूरक अभियोग दर्ता गर्दै बिगो बढाएर एक अर्ब ५१ करोड ४० लाख पुर्‍याइएको थियो भने सजायसमेत थप गरिएको थियो । सुरुका १९ जनाका विरुद्ध शुक्रबार पूरक अभियोग दर्ता पछि आइतबार थप ४४ जनाका विरुद्ध सरकारकी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

उनीहरू पाँचजनामध्ये सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछाने, पूर्वडिआइजी जोशी र खनालका विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाएको छ । पछाईंलाई सहकारी ठगी, संगठित अपराध, राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरणसँगै मुलुकी संहिताअनुसारको सजायको मागदाबी गरेको छ । गुरुङलाई भने सहकारी ठगीको अभियोग लगाइएको छ ।

सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो कायम गरिएको छ । जसमध्ये एक अर्ब १४ करोड ६८ लाख ३८ हजार एक हजार १५६ बचतकर्तालाई भराउन र बाँकी रकम सहकारीमा जम्मा गर्न भनिएको छ ।