मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १८:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश

साढे तीन महिनापछि लुम्बिनी प्रदेश सभाकाे पाँचौँ अधिवेशन बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १८:३६:oo

सरकारले लुम्बिनी प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशनको तयारी सुरु गरेकाे छ। बजेट अधिवेशन समाप्त भएको लामो समयसम्म पनि हिउँदे अधिवेशन आह्वान हुन नसकेको  अवस्थामा सरकारले अधिवेशनका लागि तयारी गरेको हो।

गत ३१ भदौमा चौथो अधिवेशन अन्त्य भएको थियो। साढे तीन महिनापछि पाँचौँ अधिवेशन सुरु गर्ने गरी सरकारले तयारी गरेको हो। सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय सोमबार गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी १६ पुस दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। ‘पाँचौँ अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मन्त्री पन्थीले भने, ‘अव सदन चल्छ र नियमित छलफल हुन्छन्।’ मन्त्रिपरिषद् बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ।