मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
अर्थ

विन्टर कार्निभल सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १८:oo:oo

उद्यमी महिलाहरूले तयार गरेका विभिन्न व्यवसायमूलक उत्पादनकाे बिक्री तथा प्रर्दशनका लागि आयोजित विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ।

बुढानीलकण्ठ नगरपालिकास्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसपरिसरमा आयोजित कार्यक्रमकाे नगरपालिकाकी उपप्रमुख अनिता लामा, अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए। 

बुढानीलकण्ठ इटलीटारमा रहेको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडाहरू, घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ, अन्तर्राष्ट्रिय ब्रान्डका तयारी पोसाक पदर्शनीका साथै बिक्री गरिएको थियो।

उपप्रमुख लामा र अभिनेत्री कोइरालाले  महिलाको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजनसहितको कार्यक्रम आयोजना गरेकोमा उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाइन्।