निर्वाचन सुरक्षा अवस्था बुझ्‍न जुम्ला पुग्यो मुख्यसचिवको टोली

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन सुरक्षाको अवस्था बुझ्नका लागि मुख्यसचिव शंकरदास बैरागीसहितको टोली कर्णालीमा पुगेको छ। निर्वाचनपूर्व अवस्था अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्यसचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली हेलिकोप्टरमा जुम्ला पुगेको हो।   

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षा तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ। उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीका ५ जिल्लाको सुरक्षा अवस्था र तयारीका विषयमा प्रस्तुति गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताए। 
 

सुझावित समाचार