ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन्। मर्जरमा जाने निर्णय गरेका दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो।

अब बैंक अफ काठमाण्डूमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए। सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई समेत जानकारी गराएको छ।

दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए। मर्जरपछि कम्पनीको कुल चुक्तापुँजी रु. ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६ सय पुग्नेछ।

सुझावित समाचार