तन्दुरी चिकेन र बटर नान खाने अधिकांशको रुचि हुन्छ । यो परिकार खान रेस्टुरेन्ट नै धाउनुपर्छ भन्ने छैन । तपाईले घरमै पनि यी परिकार बनाउन सक्नुहुन्छ ।
सामग्री
चिकेन पाँच सयदेखि सात सय ग्राम, तोरीको तेल, बटर (डेढ चम्चा), कासुरी मेथी, अदुवा–लसुन पेस्ट, कागती, तन्दुरी कलरपिन्च, रोगन डेगीमिर्च (एक–एक चियाचम्चा), कालो नुन, (आधा चम्चा) इन्डियन मिक्स मसला (एक टेबल चम्चा) र बिर्को लगाउन मिल्ने ननस्टिक डिपप्यान या बाक्लो तावा ।
विधि
सम्पूर्ण मसला हाली चिकेनलाई मोलेर पाँचदेखि सात घन्टा राख्ने, त्यसपछि ननस्टिक प्यान तताएर चिकेनलाई एक–एक गरी डाम्न सुरु गर्नुपर्छ । पानीको मात्रा बिस्तारै सुक्दै जान लागेपछि बिर्कोले छोप्ने अनि बिस्तारै चिकेनलाई फर्काउँदै पकाउने ।
अन्त्यमा तेल तातेर झरिलो बलेपछि चिकेन राख्ने । त्यसमा एक चम्चा घिउ वा बटर हालेर धुप निकाल्ने । त्यसपछि बिर्कोले छोपेर राख्ने । केही समयपछि बिर्को खोल्दा बास्नादार स्मोकी चिकेन तयार भएको पाउनुहुनेछ ।
त्यसपछि एक चम्चा चाट मसला, निम्बुको रस र आधा चम्चा घिउ हालेर पाकेको चिकेनलाई मोल्ने र पुदिनाको अचारसँग बटर नान र चिकेन तन्दुरी खान सुरु गर्दा हुन्छ ।