चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

नकवजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी दाङ घोराही उपमनपा– १५ का १९ वर्षीय शुभम केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका प्रहरी टोलीले सोमबार घोराहीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत दाङले एक वर्ष पाँच महिना चार दिन कैद सजाय ठहर गरेको थियो । २३ माघ ०७६ मा भएको फैसलालगत्तै उनी फरार थिए । खोजीमा रहेको प्रहरीले उनलाई घोराहीबाट पक्राउ गरेको हो । सजाय भुक्तान गर्न उनलाई अदालत पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

सुझावित समाचार