कौडा खेलिरहेको अवस्थामा धनकुटाबाट २० जना पक्राउ

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण
  • जुवाको खालबाट ५४ हजार रुपैयाँ र पक्राउ परेका २० जनाको साथबाट ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ नगद र १६ वटा ठूला कौडा बरामद गरेको छ।

महालक्ष्मी नगरपालिका–४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेल भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार जुवाको खालबाट ५४ हजार रुपैयाँ र पक्राउ परेका २० जनाको साथबाट ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद भएको छ । प्रहरीले बरामद रकम र कौडासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको जनाएको छ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ दमारका ४८ वर्षीय तेजकुमार श्रेष्ठ, सोही स्थानका ३९ वर्षीय भरतराज कुँवर, ५८ वर्षीय तोर्णबहादुर बस्नेत, संखुवासभा खाँदबारी नगरपालिका–६ का २६ वर्षीय मेघराज लिम्बू, भोजपुर अरुण गाउँपालिका–६ का ५९ वर्षीय शान्तबहादुर राई र भोजपुर नगरपालिका–४ का ५४ वर्षीय भरतमणी खड्का रहेका छन् ।

त्यस्तै महालक्ष्मी नगरपालिका–४ का ३० वर्षीय अशोक पौडेल र सोही स्थानका यामकुमार ठकुरी, भोजपुर अरुण गाउँपालिका–६ का ४७ वर्षीय धर्मराज राई, सुनसरी बराहक्षेत्र नगरपालिका–११ का ३१ वर्षीय गनपैत कुमार खत्वे, महालक्ष्मी नगरपालिका–५ का ३७ वर्षीय दिनेश कार्की, सोही वडाका ३३ वर्षीय अमृतकुमार पौडेल र ४४ वर्षीय हेमकुमार अधिकारी पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्यमा महालक्ष्मी नगरपालिका–५ का ४४ वर्षीय यज्ञराज भारती र ४० वर्षीय रामजी बुढाथोकी, दोलखा कालिन्चोक गाउँपालिका–९ का २६ वर्षीय सविन थामी, महालक्ष्मी नगरपालिका–६ का ३८ वर्षीय गणेश भण्डारी र २६ वर्षीय हरिकुमार जिमी, संखुवासभा चैनपुर नगरपालिका–१० का २४ वर्षीय भक्तबहादुर दर्जी तथा धनकुटा पाख्रिबास नगरपालिका–४ का ३८ वर्षीय सुरेन्द्रप्रसाद बजगाई रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

सुझावित समाचार