काठमाडौं । गृहमन्त्री सुधन गुरुङले युएई भ्रमणको क्रममा दिएको अभिव्यक्तिप्रति मेनपावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। गृहमन्त्री गुरुङले मेनपावरले मान्छे बेचेको भन्ने अभिव्यक्ति दिएका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिहीबार विज्ञप्ति प्रकाशित गरी सो अभिव्यक्तिले मेनपावर व्यवसायीको प्रतिष्ठानमा नकारात्मक प्रभाव परेको र प्रमुख श्रम गन्तव्यलाई मान्छे बिक्री हुने मुलुकका रूपमा चित्रण गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । 