कर्णालीका तीन जिल्लामा हुने चुनावी सभालाई प्रचण्डले एकैदिन सम्बोधन गर्ने

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साबिक माथिल्लो कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। प्रचण्डले एकैदिन जुम्ला, कालिकोट र हुम्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्।

उनी मंगलबार बिहान जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरेलगत्तै हुम्लाको सर्केघाट पुगेर सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि दिउँँसो कालिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ। 

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीकी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख) मा समाजवादीका पदम रोकाया उम्मेदवार छन्।

सुझावित समाचार