आचारसंहिता उल्लंघन गरेका वडाध्यक्ष रिजालले बुझाए जरिवाना

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा पाँच हजार जरिवाना गरेको छ। 

वडाध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको थियाे।
 
रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो। 

सुझावित समाचार