दक्षिण कोरियामा एकैदिन थपिए ४६ हजार संक्रमित

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

दक्षिण कोरियामा बुधबार मात्रै ४६ हजार आठ सय ९६ जना कोभिड– १९ का नयाँ संक्रमित देखिएका छन्। योसँगै कुल संक्रमितको संख्या दुई करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

दैनिक संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा झैँ कम हो। एक दिनअघि संक्रमितको संख्या ५४ हजार सात सय ६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ। 

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर दुई सय ९० पुगेको छ। ४१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म  २९ हजार दुई सय ८० पुगेको छ। 

सुझावित समाचार