सन् १९५१ : सोभियत नेता जोसेफ स्टालिनले आफ्नो देशसँग आणविक हतियार भएको घोषणा गरे ।
सन् १७८९ : महिलाहरूको प्रदर्शनीपछि फ्रान्सेली राजा लुई १६औँ भर्साइलबाट पेरिस सरे ।
सन् १९०८ : अस्ट्रियाली मूलका हंगेरीका सम्राट् फ्रान्ज जोसेफले बोसनिया एन्ड हर्जगोभिना कब्जामा लिएको घोषणा गरेका थिए । नियन्त्रणमा लिएसँगै युरोपको बाल्कन क्षेत्रमा तनाव बढेको थियो ।
सन् १९६५ : प्याट्रिसिया ह्यारिस बेल्जियमका लागि अमेरिकी राजदूत घोषित भएसँगै उनी अमेरिकी इतिहासको पहिलो अश्वेत राजदूत बने ।
सन् १९७३ : इजरायलले देशकै ठुलोमध्ये एक चाड योम किप्पुर मनाइरहेको समयमा इजिप्ट, सिरिया, इराक र जोर्डनले विनाकुनै चेतावनी आक्रमण गरे । यसलाई योम किप्पुर युद्ध भनेर चिनिन्छ ।
सन् १९९५ : स्विट्जरल्यान्डका अन्तरिक्षयात्री डिडिर क्युलोज र माइकल मेयरले सूर्यजस्तै तारा ५१ पेगासी बी पत्ता लगाएका थिए ।