नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले काठमाडौंदेखि लोमान्थाङसम्म हिरो एक्सपल्सको र्याली आयोजना गरेको छ । कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गर्ने ग्राहकलाई लोमान्थाङ भ्रमण गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।
बुधबार ३० जनाभन्दा बढी एक्सपल्स २०० चढ्ने ग्राहक यात्रामा सहभागी भएको कम्पनीले जनाएको छ । यो यात्रा काठमाडाैं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ–लोमान्थाङ हुँदै करिब नौ सय किलोमिटर लामो हुने जनाइएको छ ।
नेपाल जनरल मार्केटिङको अध्यक्ष अभिक ज्योतिले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतर्कताका साथ बाइक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताका लागि शुभकामना दिएका थिए ।