कुस्ती प्रतियोगिता सुरु

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबारदेखि बृहत् खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ। रोहिणी गाउँपालिकाको आयोजनामा श्रीरामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरूलाई प्रोत्साहन गर्न र तराई–मधेसमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए। 

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्त्वना १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए। पहलमानहरूलाई प्रोत्साहनबापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ। प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ।

सुझावित समाचार