आयोगलाई सूर्य थापाको जवाफ– बालबालिका आफैँले बनाएको टिकटकको भागीदार म हुँदिनँ

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

प्युठानबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले आफूले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगरेको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरणपत्र बुझाउँदै उनले प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको विषयलाई इन्कार गरेका हुन्।

थापाको चुनावी प्रचारमा बालबालिकाको प्रयोग भएको श्रव्यदृश्य प्राप्त भएको भन्दै आयोगले थापासँग स्पष्टीकरण मागेको थियो। बालबालिका आफैँले रमाइलोका लागि फोटो खिचेको र टिकटक बनाएको भन्दै थापाले त्यसको भागीदार आफू नहुने जवाफ दिएका हुन्।

‘निर्वाचन आयोगलाई प्राप्त भएको भन्ने श्रव्यदृश्य सामग्री मैले तयार गराएको नभई स्थानीय बासिन्दाहरूले स्वतस्फुर्त रूपमा सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको हुन सक्छन्,’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘स्थानीय बालबालिकाहरूले स्वतस्फुर्त रूपमा रमाइलोको लागि गराएको टिकटक सामग्रीलाई निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको भन्न मिल्दैन।’

सुझावित समाचार