चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : नेता सिंह

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण
चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : नेता सिंह

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको  सरकार बन्ने बताएका छन्। बानेश्वरमा सोमबार मतदातासँगको भेटघाटका क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने दाबी गरे।

नेता सिंहले मुलुकमा राजनीतिक परिवर्तन भए पनि अस्थिरताका कारण जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको उल्लेख गरे। अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले त्यसतर्फ गम्भीरताका साथ सोच्नसमेत उनले मतदातालाई आग्रह गरे।

सबै नेपालीले चाहेअनुरूपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्न सक्ने दाबी गर्दै नेता सिंहले कांग्रेसलाई मत दिन मतदाताहरूसँग आग्रह गरे।

सुझावित समाचार