बाँकेमा १०८ मतदानस्थल अतिसंवेदनशील

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ। जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन्।

उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अतिसंवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकोमा एक सय आठवटा मतदानस्थल अतिसंवेदनशील र ३० वटा संवेदनशील रहेका छन्।    

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकोमा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताइन्। 

सुझावित समाचार