महोत्तरीको भंगाहा नगरपालिका– ८ को पररिया टोलमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।
समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न एक साताको समय दिइएको छ। भंगाहा– ८ को पररिया टोलमा हिजो सामाजिक सद्भाव बिथोलिने गरी दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि दिउँसो ३ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
