हवल्दारकै सहयोगमा लागुऔषध ओसारपसार !

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण
हवल्दारकै सहयोगमा लागुऔषध ओसारपसार !

फाइल तस्बिर

कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भाटलाई निलम्बन गरेर नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताए। दुई साताअघि पक्राउ परेका चौधरीले भाटकै सहयोगमा कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ। 

सुझावित समाचार