माधव नेपाल भन्छन्- हाम्रो उद्देश्य पवित्र छ, अर्काे गठबन्धनले साँठगाँठ गर्दै छ

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण
माधव नेपाल भन्छन्- हाम्रो उद्देश्य पवित्र छ, अर्काे गठबन्धनले साँठगाँठ गर्दै छ

फाइल तस्बिर

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि आफूहरुको गठबन्धन बनेको दाबी गरेका छन्। शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै उनले आफूहरुको गठबन्धन पवित्र उद्देश्यले बनेको बताए। प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको अध्यक्ष नेपालको आरोप छ। उक्त गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै नेपालले उनीहरुले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताए।

‘अर्को गठबन्धनलाई संघीयता पचेको छैन। त्यसलाई गणतन्त्र पनि पचिरहेको छैन। त्यसलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र पनि पचिरहेको छैन,’ उनले भने, ‘हाम्रो यो गठबन्धन स्वभाविक हो र पवित्र उद्देश्यका लागि बनेको हो। अर्को गठबन्धनले प्रतिगामीसँग साँठगाँठ गरिरहेको छ।’

सुझावित समाचार