इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नेपालीहरूको चाड दसैँतिहार ०७९ लाई लक्षित गर्दै ल्याएको ‘सेन्साई ३ को झट्का’ नामक योजनामा वीरगन्जका अकलेशकुमार पटेल पहिलो लक्की ड्र विजेता बनेका छन् । जापानमा इन्जिनियरिङ गरिएको नेपाली ब्रान्ड सेन्साईले ल्याएको योजनामा पटेलले एप्पल आइप्याड १०.२ जितेका हुन् ।
विजेता पटेलले वीरगन्जको आरके इलेक्ट्रोनिक्समा सेन्साईको चेस्ट–फ्रिजर खरिद गरेको जनाइएको छ । योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने कम्पनीले जनाएको छ । सोही योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै रहेको जनाइएको छ । कम्पनीले यो योजना अब केही दिनका लागि मात्र बाँकी रहेको जनाएको छ ।
सेन्साईले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीका साथ फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । नेपालभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सका डिजिटल सोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, वसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेको जनाइएको छ ।