महिला भलिबल : बागमतीलाई पराजित गर्दै एपिएफ फाइनल प्रवेश

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ। मंगलबार भएको सेमिफाइनमा बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो।

सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो, तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपिएफले नतिजा आफ्नो पक्षमा पारेको हो। प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपिएफले बागमतीमाथि २५–२३, २५–२२ र २५–१६ को जित निकाल्यो।

प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन्।

सुझावित समाचार