फिलिपिन्समा कोभिड-१९ संक्रमणबाट एकैदिन ३३ जनाको मृत्यु

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। योसँगै कोभिड-१९ बाट संक्रमित हुनेको कुल संख्या ३,९८२,९६५ पुगेको हो।

स्वास्थ्य विभागका अनुसार संक्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ५१० पुगेको छ।

सुझावित समाचार