मनोनयन गर्दा गराएका उम्मेदवारको राजीनामा स्वीकृत गर्न निर्देशन

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले राजीनामा दिएर मनोनयन दर्ता गराएका उम्मेदवारको राजीनामा स्वीकृत गर्न आयोगको निर्देशन दिएको छ। 

यही २३ असोजअघिसम्म राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका सरकारी, अर्धसरकारी, सार्वजनिक संस्था विश्वविद्यालय, सरकारी स्वामित्वमा रहेका संस्थाका कर्मचारीको राजीनामा पेस गरेकै मितिबाट स्वीकृत गर्न आयोगले निर्देशन दिएको हो। 

आयोगले निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गरेको छ।

सुझावित समाचार