आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ।
.jpg'_'.2022-10-16.jpg)
प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेता ललितपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका छन्।
.jpg'_'.2022-10-16.jpg)
ललितपुर महानगरका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमै राखिनेछ। सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने गृह मन्त्रालयले जनाएको छ।
.jpg'_'.2022-10-16.jpg)
.jpg'_'.2022-10-16.jpg)
.jpg'_'.2022-10-16.jpg)