सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठजना पक्राउ

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत मंगलबार सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोकनजिकै एक समूहले दुई पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतललगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए।

पक्राउ पर्नेहरूमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भई गोकर्णेश्वर बस्ने २७ वर्षीय दोर्जे शेर्पा, २९ वर्षीय विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २८ वर्षीय विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेलबहादर खत्री रहेका छन्।

त्यसैगरी, दोलखाको मैलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलान्चोक रोसी गाउँपालिका–४ का दिपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोसी गाउँपालिका–८ का ३२ वर्षीय दिपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ परेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।

मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

सुझावित समाचार