देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका हुन्। 

पार्टीको केन्द्रीय कार्यालय, सानेपामा दिन दिउँसो २ बजे बस्ने बैठकमा समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। 

बैठकमा आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा चुनावी प्रचारप्रसारलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

सुझावित समाचार