मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनका गंगा कार्की र एमालेका बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कार्की र एमालेका सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको हो।
माओवादी केन्द्र दोलखाका संस्थापकमध्येका नेता कार्कीलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ दुवै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन्। गठबन्धनका तर्फबाट प्रदेश सभा (क)मा कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र प्रदेश सभा (ख)मा दोलखा कांग्रेसका सभापति बर्मा लामाले टिकट पाएका छन्। एमालेले भने प्रदेश सभा (क)मा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख)मा भरतबहादुर केसीलाई उम्मेदवार बनाएको छ।
एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिसकेको छ। सत्तारूढ गठबन्धनका लागि दिउँसो १ बजेपछि बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।