केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ स्थित केराबारी र १८ किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

केराबारीको पहिरो ५:५० हटाइएको थियो भने १८ किलोको पहिरो ६:२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो ।

यसअघि आज बिहान ८:२० बजेको समयमा भरतपुर महानगरपालिका– २९ स्थित १७ किलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो। नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्ष मात्रै दुई दर्जनभन्दा बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

See More On

सुझावित समाचार