नारायणीमा पानीको सतह अझै बढ्न सक्ने

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

नारायणी नदीमा पानीको बहाव पुन: बढेको छ। बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा नदीको बहाव बढेको हो। 

नदीमा पानीको सतह अझै बढ्ने क्रममा रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए। उनका अनुसार अहिले परिरहेको झरी चितवन र आसपासका क्षेत्रमा शनिबारसम्म सक्रिय रहनेछ। धेरै ठाउँमा भारी वर्षा भएको भन्दै पौडेलले आइतबारदेखि भने माैसममा क्रमिक रूपमा  सुधार हुँदै जाने बताए।

उनले थप वर्षा हुन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्। लगातार भइरहेको वर्षासँगै नदी तथा खोलामा आएको बाढीले दसैँ मनाउन र टीका थाप्न टाढाटाढा जानेहरू प्रभावित भएका छन्। 

सुझावित समाचार