राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सजगता अपनाउन आग्रह

बुधबार, १९ असोज, २०७९
डिजिटल संस्करण
राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सजगता अपनाउन आग्रह

फाइल तस्बिर

राप्ती नदीमा बाढीले खतरा सतह पारेको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण राप्तीमा बाढीले खतराकाे सतह पार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुगेको छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुगे खतरा मानिन्छ।

अहिले पनि नदीमा पानीको सतह बढ्दै गएकोले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नं. १, २, ४ र ५ का गाउँ डुवानमा पर्ने खतरा बढेको भन्दै प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ। 

नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताए। 
 

सुझावित समाचार