डेंगु नियन्त्रणमा थप सक्रिय हुन स्वास्थ्यमन्त्रीलाई विवेकशीलकाे आग्रह

शुक्रबार, १४ असोज, २०७९
डिजिटल संस्करण

विवेकशील साझाका नेता मिलन पाण्डेले आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगु नियन्त्रणमा सक्रिय हुन अनुरोध गरेका छन्।

नेता पाण्डेले नागरिकको अवस्था तथ्यांकभन्दा भयावह रहेको बताउँदै अस्पतालहरूको अवस्थाबारे मन्त्रीलाई जानकारी गराएका थिए। 

सरकारलाई स्थानीय तहसँग मिलेर सचेतनाको कार्यक्रम तथा लामखुट्टेको चेन ब्रेक गर्न काम गर्ने, सिटामोलको अभाव र वितरणमा मन्त्रालयले चासो लिने र डेंगु संक्रमित बिरामीका लागि चाहिने औषधि र स्वास्थ्य संस्थाहरूमा बेड थप गर्ने सुझाव दिएको नेता पाण्डेले बताए। 

सुझावित समाचार