नागरिक लगानी कोषले अनलाइनबाटै शिक्षकको फाँटवारी पठाउन सुरु गर्‍यो

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने  र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । 

यसअघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा प्रणाली (सिगास)बाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो । 

शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा गरेको कोषले जनाएको छ । कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरका आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा देशका सबै वाणिज्य बैंकहरूमा रहेको जनाइएको छ । 
 

सुझावित समाचार