अवकाशप्राप्त समायोजित सेनाका माग पूरा गर्छु : प्रचण्ड

आइतबार, ९ असोज, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डले अवकाशप्राप्त समायोजित सेनाका मागका सवालमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाशप्राप्त समायोजित सेनाको चितवनमा आयोजित प्रथम राष्ट्रिय भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनेले संगठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने माग पूरा गर्न आफू तयार रहेको बताए । कार्यक्रममा अवकाशप्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याबारे जानकारी गराएका थिए । 

तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाहरूले भेला गरेका हुन् । 
 

सुझावित समाचार