गुणस्तरहीन घिउ उत्पादन गर्ने दुई उद्योग सिल

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

उत्पादित गुणस्तरहीन घिउ उत्पादन गर्ने  दुई  उद्योगमा बारा प्रशासनले  सिल गरेको छ। जिल्लाको फेटा गाउँपालिकामा रहेको गहवामाई बेकरी सर्टिङ रिपेरिङ उद्योग र जय माँ लक्ष्मी डेरी उद्योग  सिल गरिएको हो।

गुणस्तरहीन घिउ उत्पादन भइरहेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा र उपभोक्ता संरक्षण  मञ्ज नेपालका प्रतिनिधिले अनुगमन गरेका थिए।

गोकुल, सोल्टी, रोयल, माँ लक्ष्मीलगायतका नाममा उत्पादित एक हजार एक सय ६१ लिटर घिउ, एक हजार ६ सय लिटर बेकरी र एक सय ५० लिटर कच्चा पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सुझावित समाचार