कवाडी ग्यारेजमा आगलागी, केही व्यक्ति घाइते

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

ललितपुरको धोबीघाटस्थित बच्चा साहको कवाडी ग्यारेजमा केहीबेरअघि आगलागी भएको छ । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले ललितपुर, काठमाडौं र भक्तपुरका दमकलबाट आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । 

ललितपुरका दुईवटा दमकलले आगो निभाउने प्रयास सफल नभएपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको उनले बताए । आगलागीको कारण तथा घटनाको विस्तृत विवरण अझै खुल्न सकेको छैन । 

सुझावित समाचार