एनएमबि बैंकले ‘एनएमबि बजार’ आयोजना गर्ने

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

एनएमबि बैंकले स्वदेशी सीप र स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लास्टिकरहित बजारको आयोजना गर्ने भएको छ । बैंकले दसैँ र तिहारलाई लक्षित गरी नेपाली बैंकिङ जगत्मै पहिलोपटक उक्त बजार आयोजना गर्न लागेको हो । 

यसमा ६० भन्दा बढी स्टलहरू राखिने बैंकले जनाएको छ । आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्री एकै स्थानमा उपलब्ध हुने गरी बजार आयोजना गर्न लागेको जनाइएको छ ।

बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्यान्डिक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर–पोसमार्फत सहुलियत मूल्यमा खरिद गर्न सकिने बैंकले जनाएको छ । बजार आठ असोज शनिबार सानेपाको हेरिटेज गार्डेनमा बिहान नौ बजेदेखि बेलुका पाँच बजेसम्म आयोजना गर्ने जनाइएको छ । बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार